ऐनपहरा दुर्घटनामा पाँच घाइते, एकलाई चितवन लगियो

तनहुँ : गोरखाबाट नारायणगढ जांदै गरेको बा २ ख १०७७ नम्बरको यात्रुबाहक वस आँबुखैरेनी गाउँपालिका २ ऐनापहरामा आईतबार मध्यान्ह करिव ४ः२० बजे दुर्घटना हुँदा पाँच जना घाईते हुनुभएको छ । घाईते हुनेहरुमा गोरखा शहिदलखन गाउपालिका– ६ बस्ने बर्ष ४१ की सुनु थापा, सोही ठाउँ बस्ने बर्ष ४३ की सिता थापा, बर्ष २८ की मिना थापा, गोरखा नगरपालिका–९ बस्ने बर्ष ५४ को सन बहादुर गुरुङ र आँबुखैरेनी गाँउपालिका– १ गिरानचोक बस्ने बर्ष ७ का खुशीराम रामदाम रहनुभएको छ । घाइते सबैको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाईतेहरुको अवस्था खतरामुक्त रहेको र घाईतेमध्ये चार जनाको आँबुखैरेनी अस्पतालमा र गम्भिर अवस्थामा रहनुभएका सुनु थापालाई थप उपचारको लागि चितवन पठाईएको प्रहरीको भनाई छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनी, सशस्त्र प्रहरी बल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २३ मनकामना गण तनहुँबाट उद्धार टोली खटिएर तत्काल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । बस सडकबाट करिव १५ मिटर तल खसेको प्रहरीको भनाई छ । ऐना पहरामा रोकिराखेको बसलाई छेउ लगाउने क्रममा पछि हटाउँदा नरोकिएपछि बस दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्