
तनहुँ : लियो क्लब अफ तनहुँ निर्मल अल्फाद्धारा व्यास १ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा राष्ट्रिय झण्डा झण्डोत्तलन कार्य सम्पन्न भएको छ ।
लायन्स क्लव अफ तनहुँको सहकार्यमा झण्डोत्तलन कार्य सम्पन्न गरिएको हो ।
व्यास नगरपालिका वडा नम्बर २ का अध्यक्ष काशीराम श्रेष्ठले झण्डोत्तलन गर्नुभएको हो । झण्डोत्तलन गर्नुहुँदै वडा अध्यक्ष श्रेष्ठले लियो क्लब अफ तनहुँ निर्मल अल्फाले बिद्यार्थी नेतृत्व बिकास र क्षमता बिकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । विद्यालयका सहायक प्रधानाध्यापक विरबहादुर बस्नेत, लायन्स क्लब अफ तनहुँका सचिव लायन अनिलकुमार श्रेष्ठ, लायन्स क्लब अफ तनहुँकी अध्यक्ष सरिता भण्डारी, लियो क्लब अफ तनहुँका संस्थापक सदस्य सुजित श्रेष्ठ, निर्वतमान अध्यक्ष आकाश खानाल, क्लवका अध्यक्ष रोबिन श्रेष्ठ र लियो क्लब अफ तनहुँ निर्मल अल्फाका निर्वतमान अध्यक्ष सुशिल लामगादे बि.क. लगायत झण्डोत्तलन कार्यमा सहभागी हुनुभएको थियो । क्लबका अध्यक्ष सुरज आलेले क्लवले विद्यार्थीको क्षमता विकास र सृजनशील कार्यमा खटिदै आएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्