
पोखरा : “खेलकुद युवाको शक्ति हो’’ भन्ने मूल नाराका साथ बक्स पोखरा द्वारा आयोजित खुला फुटसल प्रतियोगिता २०८२ असार २७ गते शुक्रवारदेखि तीनदिनसम्म पोखरामा हुने भएको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा खेल प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुने आयोजक बक्स पोखराले आईतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । उक्त प्रतियोगितामा नेपालका विभिन्न स्थानबाट शसक्त टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रमका अध्यक्ष प्रदिव गुरुङले जानकारी गराउनु भयो । प्रतियोगिताले केवल खेल नभई, युवालाई अनुशासन, नेतृत्व र खेलभावनामा अग्रसर गराउने तथा खेलाडीको कला र प्रतिभालाई समेत प्रष्फुटन गर्न फलदायी हुने अपेक्षा गरिएको छ । फुटसल खेलकुदमै जीवन खोज्ने नयाँ युवा पुस्ताका लागि एक प्रेरणादायी अवसर बन्ने निश्चित रहेको प्रमुख अतिथि तथा खेलकुद पत्रकार मञ्चका अध्यक्ष यम बि आस्ता थापा मगरले बोल्नुभयो । फुटसल खेललाई पनि स्थानीय तह, प्रदेश सरकार तथा संघिय सरकारले मान्यता दिनु पर्ने कुरा बोल्नुभयो । फुटसल खेलमा बिजेता टिमले नगद रु १ लाख ७० हजार रुपैंयाँ, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले नगद रु. १ लाख रुपैंयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई सात हजार रुपैंयाँ ट्रफी र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम सञ्चालक तथा सचिव गिता रानाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्