
पूर्वाधार वाच, काठमाडौं ।
सिधा कुरा डटकमले सनशनीपूर्ण भन्दै प्रकाशित गरेको अडियो ‘फर्जी’ भएको पुष्टि भएको छ। सर्वोच्च अदालतको आदेशअनुसार ‘एक्सक्लुसिभ’ भन्दै सिधाकुराबाट प्रकाशित अडियो ‘फेक’ रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले निष्कर्ष निकालेको हो ।
अडियो बनाउने राजकुमार तिमिल्सिनाले बिहान रेकर्ड गरेर साझ सिधाकुरालाई पठाएको प्रहरीले सर्वोच्चमा पेश गरेको रिपोर्टमा उल्लेख भएको सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
उनले भने, ‘रिपोर्टले अडियो सही होइन भन्ने भएको छ। भनिएको समय, ठाउँ र व्यक्तिहरुले अडियोमा सहभागी नभएको पाइएको छ।’
अवहेलना मुद्दाको पेशी आउँदो जेठ २७ गतेका लागि तोकिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले समाचार र अडियोसामग्री प्रकाशन गरेको थियो।
प्रतिक्रिया दिनुहोस्